सस्तो भैसकेपछि रिजर्भ बस्दै पल
l
पल शाहको कुरा गरौ एकछिन । पल शाहलाई अहिले फोटो खिचाउन डर लाग्छ । डर के हो कि घमण्ड । नेफ्टा फिल्म अवार्डमा उनले रेड कार्पेटमा फोटो नखिची भित्र गए । सय वटा जती क्यामेराको अघि उपराष्ट्रपति नन्दबहादुर पुनले समेत पोज दिएर फोटो खिचाए । पल शाहलाई त्यती पनि फुर्सद भएन । २ जना बडिगार्डको घेरामा । ठिकै हो, बडिगार्ड राख्नु सुरक्षित हुनु त ।
तर, संचारकर्मीसँग केको असुरक्षा होला ? फेरि पल शाह कत्रो रिजर्भ बस्ने कलाकार हुन् के । फोटो देखाउनै नहुने । अनुहार लुकाउन पर्ने ।
लकडाउनपछि सयौ भिडियोमा अनुहार देखाएकै हुन्, अन्तरवार्ता कती दिए उनलाई नै थाहा छैन । यति सस्तो भैसकेपछि रिजर्भ बसेर के काम होला ?
स्टारडम त आज छ भोली छैन पलजी । फेरि केही समयमै संचारमाध्यमले फोटो खिचिदिए हुन्थ्यो भन्दा नी नपाइएला है । हेर्नुभएकै होला नी आफ्ना सिनियरलाई ।
चाहिने ठाउँमा रिजर्भ बस्नुहोस् । चाहिने ठाउँमा क्रेज देखाउनुहोस् । चाहिने ठाउँमा बडिगार्ड अगाडि लाउनुहोस् । संचारमाध्यमकै सहयोगमा बनेको स्टारडम सोही संचारकर्मीका लागि एक पोज दिएर फोटो खिच्न पनि ठूलो भएर हिड्दा फाइदा छैन ।
प्रतिक्रिया