‘कोरोनाले १६ करोड घाटा लाग्यो’ – गोविन्दा
अभिनेता गोविन्दाले आफुलाई एक वर्षमा १६ करोड घाटा लागेको बताएका छन् । उनले एक अन्तरवार्तामा आफुलाई फिल्म चल्दा १६ करोड भन्दा बढि घाटा लागेको बताएका हुन् ।
गोबिन्दाले भनेका छन्,‘पछिल्लो १४–१५ वर्षमा मैले पैसा लगानी गरेँ र मैले करिब १६ करोड घाटा व्यवहोर्नुपर्यो । केही मानिसहरुले ममाथि असाध्यै नराम्रो व्यवहार गरे । यीमध्ये केही इन्डष्ट्रिका मानिसहरु पनि थिए । मेरो फिल्मले थिएटर पाएन र उनीहरु मेरो करियर समाप्त गर्न चाहन्थे, जुन भएन । अब म सन् २०२१ मा धमाकाका लागि प्रतीक्षा गरिरहेको छु ।’
उनले आफुलाई दबाउनका लागि थुप्रै मान्छे लागि परेको बताएका छन् । अन्तरवार्ताका क्रममा पत्रकारले बलिउडमा तपाईंविरुद्ध षड्यन्त्र रचियो नि हैन भन्ने प्रश्नमा उनले भनेका छन्,‘हो, निश्चित रुपमा भएको थियो । भनिन्छ नि आफ्नो पनि पराई हुन्छन् । यदि भाग्य तपाईंको पक्षमा छैन भने तपाईंका आफ्ना मानिसहरु पनि तपाईं विरुद्ध हुने छन् ।’
उनले आफुले कसैको पनि बिरुद्धमा नबोलेको बताएका छन् । बरु अरु मेरो विरुद्ध लागेको आरोप लगाएका छन् । गोबिन्दाले भनेका छन्, ‘तपाईंले मलाई कहिल्यै पनि कोहीविरुद्ध बोलेको पाउनुहुँदैन । जबकी धेरैजसो मानिसहरुले मेरा बारे कुरा गर्छन् । म कहिल्यै कसैको कामलाई जज गर्दिनँ किनभने म सबैको मिहिनेत र लगानी गरिएको पैसालाई इज्जत गर्छु ।’
प्रतिक्रिया