दशौं संस्करणको नेफ्टामा उत्कृष्ट नायक-नायिका बिपिन र मेनुका, ‘छक्का पञ्जा ३’ सर्वोत्कृष्ट फिल्म

दशौं संस्करणको नेफ्टा फिल्म अवार्ड २०७५ मा दीपकराज गिरी तथा दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा–३’ तथा सुभाष तथा र दिनेश राउतको फिल्म ‘प्रसाद’ ले बाजी मारेका छन् ।

यी दुबै फिल्मले छ–छ वटा अवार्ड जितन सफल भएका छन् ।

‘छक्का पञ्जा–३’ ले वर्षको सर्वोत्कृष्ट फिल्मसहित सर्वोत्कृष्ट निर्देशकसहित कथा, पटकथा, हास्य अभिनेता, लोकप्रिय तथा सबैभन्दा बढी आम्दानी गर्न सफल भएको फिल्मको अवार्ड जितेको छ ।

२०७५ सालमा व्यवसायिक रुपमा अत्यन्त सफल रहेको ‘छक्का पञ्जा ३’ बाट दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भइन् ।

यही फिल्मबाट दीपकराज गिरीले सर्वोत्कृष्ट कथा एवं पटकथा विधाको अवार्ड जिते ।

माग्ने बुढा अर्थात अभिनेता केदारप्रसाद घिमिरेले छक्का पञ्जा-३ बाटै सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड जिते ।

अवार्ड जितेपछि निर्देशक दीपाश्री निरौलाले फेसबुकमा एउटा स्टाटस लेख्दै सबैलाई धन्यवाद दिएकी छिन् ।

समारोहमा दिनेश राउतद्वारा निर्देशित फिल्म ‘प्रसाद’ ले पनि सर्वाधिक छ वटा अवार्ड जित्न सफल भयो ।

यो फिल्मबाट अभिनेता बिपिन कार्कीले फिल्म सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते ।

फिल्म ‘प्रसाद’ को ‘जाऊँ माया सरर’ बाट गणेश शाहले सर्वोत्कृष्ट गीतकारको अवार्ड जिते भने यही गीतबाट सुवास भुषालले सर्वोत्कृष्टक संगीतको अवार्ड जिते । यसबाहेक यही गीतबाट उदयराज पौडेलले संगीत संयोजक तथा गायक केतन क्षेत्रीले सर्वोत्कृष्यट गायकको अवार्ड पनि जिते ।

प्रसादबाटै पत्रकार सुशिल पौडैलले सर्वोत्कृष्ट संवादको अवार्ड जित्न सफल भए ।

समारोहमा अभिनेत्री मेनुका प्रधानले ‘साइँली’ बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तथा अभिनेता अनमोल केसीलाई लोकप्रिय अभिनेत्री तथा अभिनेताको रुपमा पुरस्कृत गरियो ।

समारोहमा ‘रोमियो एन्ड मुना’बाट शमशेर लामाले मेकअप एन्ड हेयरको अवार्ड जिते भने कस्ट्युम डिजाइनरको अवार्ड ‘इन्टुमिन्टु लन्डनमा’बाट युबी थापाले जिते ।

कला निर्देशकको अवार्ड ‘रोमियो एन्ड मुना’बाट पासाङ टी शेर्पाले जिते भने ब्याकग्राउन्ड स्कोरको अवार्ड ‘डमरुको डन्डिबियो’बाट एलिस कार्कीले जित्न सफल भए ।

ध्वनी मिश्रणको अवार्ड मुकेश शाह (डमरुको डन्डिबियो) ले जित्यो भने सर्वोत्कृष्ट गायिकाको अवार्ड समिक्षा अधिकारीले ‘नाइँ नभन्नू ल–३’ का लागि पाइन् ।

सर्वोत्कृष्ट ट्रेलरको अवार्ड फिल्म ‘ए मेरो हजुर-३’ का लागि साहिल खानले जिते भने भीएफएक्सको अवार्ड ‘रोमियो एन्ड मुना’ले जित्यो । रङ संयोजनको अवार्ड फिल्म ‘हरि’का लागि अर्जुन कार्कीले जिते ।

अभिनेत्री सुरक्षा पन्तले फिल्म ‘गोपी’का लागि सह-अभिनेत्रीको अवार्ड जितिन् भने तामाङ फिल्म ‘प्राङ्गना’ले आदिवासी जनजाति फिल्मको अवार्ड जित्यो ।

समारोहमा फिल्म ‘डमरुको डन्डिबियो’बाट अनुप बरालले सहअभिनेताको अवार्ड जिते भने ‘कथा काठमाडौं’बाट प्रममोद अग्रहरीले नेगेटिभ रोलको अभिनेताको अवार्ड जिते ।

फिल्म ‘रणवीर’का लागि चन्द्र पन्तले सर्वोत्कट द्वन्द निर्देशकको अवार्ड जिते भने ‘ए मेरो हजुर–३’ बाट कविराज गहतराजले नृत्य निर्देशकको अवार्ड जिते ।

डेब्यु अभिनेत्रीको अवार्ड सुहाना थापा (ए मेरो हजुर–३) ले जितिन् भने डेब्यु अभिनेताको अवार्ड धीरज मगर (इन्टु मिन्टु लन्डनमा) ले जिते ।

डेब्यु निर्देशकको रुपमा ‘कथा काठमाडौं’ फिल्मबाट संगीता श्रेष्ठ पुरस्कृत भइन् ।

सर्वोत्कृष्ट सम्पादकको अवार्ड पनि ‘कथा काठमाडौं’ कै मित्र गुरुङले जिते ।

छायांकारको अवार्ड फिल्म ‘हरि’ का लागि चिन्तनराज भण्डारीले पाए ।

यही फिल्मले जुरी अवार्ड पनि जित्यो ।

 

विजयी सूचि यस्तो छ :

मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)
कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)
कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)
ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियोँ)
ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियोँ)

गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)
संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)
एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)
गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)
गायिका : समिक्षा अधिकारी, नाइँ नभन्नू ल ३

कथा : छक्का पञ्जा ३
पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)
संवाद : सुशिल पौडेल (प्रसाद)
ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)
भीएफएक्स : रोमियो एन्ड मुना
रङ संयोजन : अर्जुन कार्की (हरी)

आदिवासी जनजाति : प्राङ्गना (तामाङ फिल्म)
सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)
सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियोँ)
अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाण्डू्)
अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)
द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)
नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३)

डेब्यु अभिनेत्री (महिला) : सुहाना थापा (ए मेरो हजुर ३)
डेब्यु अभिनेता (पुरुष) : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)
डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)
सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)
छायांकार : चिन्तनराज भण्डारी (हरी)
पपुलर अभिनेत्री : साम्राज्ञी शाह
पपुलर अभिनेता : अनमोल केसी
पपुलर फिल्म : छक्का पञ्जा ३
जुरी अवार्ड फिल्म : हरि

अभिनेता : बिपिन कार्की (प्रसाद)
अभिनेत्री : मेनुका प्रधान (साइँली)
निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३)
फिल्म : छक्का पञ्जा ३

समारोहमा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तमिल्सिनालाई नगद ५१ हजार १११ रुपैयाँ र ताम्रापत्रसहित दीर्घ साधना सम्मान प्रदान गरियो ।

यो समारोह ड्रिम हाई नेपाल तथा नेपाल चलचित्र प्राविधिक संघले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आथित्यमा सम्पन्न समारोहमा विभिन्न कलाकारले गीत, नृत्यसहितका मनोरञ्जनात्मक प्रस्तुतीहरु दिएका थिए ।

कोरोना भाइरसको जोखिम कम भएपछि नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउने उदेश्यले आयोजना गरिएको यो पहिलो भव्य समारोहलाई माल्भिका सुब्बा, सन्दीप क्षेत्री तथा सन्जोक बस्यालले सञ्चालन गरेका थिए ।