‘मैंने प्यार किया’ की अभिनेत्रीले भनिन्, ‘१४ वर्षको उमेरमा बलात्कृत भएकी थिएँ’
बलिउड सुपरस्टार सलमान खानकी पूर्व प्रेमिका सोमीले १४ वर्ष उमेरका आफु बलात्कृत भएको बताएकी छन् । उनले एक अन्तर्वार्ताक्रममा आफू १४ वर्षको उमेरमा बलात्कारको शिकार भएको खुलासा गरेकी हुन् । सोमी अहिले ४४ वर्षकी भएकी छन् ।
आफु ५ वर्षको र ९ वर्षको हुँदा योन शोषणमा परेको र १४ वर्षको उमेरमा बलात्कृत भएको बताएकी छन् । उनले आफ्ना पितालाई भनेका र एक्सन पनि लिइएको र आफुलाई परिवारले कतै हल्ला नगर्न भनेको सोमीको भनाई छ ।
‘जब म ५ र ९ वर्षको थिएँ तब मेरो यौन शोषण भएको थियो र १४ वर्षको उमेरमा बलात्कृत भएकी थिएँ । मेरो पहिलो यौन शोषण पाकिस्तानमा भएको थियो । त्यसबेला म भर्खर ५ वर्षको थिएँ । यो कुरा मैले माता–पितालाई भनेँ । एक्सन पनि लिइयो । तर, परिवारले मलाई यो कुरा अरु कसैलाई नभन्न भनेका थिए । यो कुरा मेरो दिमागमा कयौं वर्षसम्म घुमिरह्यो,’सोमीले भनेकी छन् ।
सोमीले फिल्म ‘मैंने प्यार किया’ बाट डेब्यु गरेकी थिइन् । यस फिल्ममा अभिनेताका रुपमा सलमान खान थिए । यहि फिल्म पछि सलमान खानसँग सोमीको लभ परेको थियो । करिब ८ वाषर्् गहिरो प्रेममा रहेका सलमान र सोमीबीच विस्तारै मनमुटाव सुरु भयो र प्रेम टुट्यो । सोमीले अन्तै विवाह गरिन् । यस बारेमा पनि सोमीले आफ्ना भनाईहरु राखेकी छन् । ‘म टिनएजर हुँदा सलमानमाथि क्रस भयो । यही क्रशले मलाई फ्लोरिडाबाट भारत ल्यायो । मैले फिल्म नै सलमानसँग विवाह गर्न सकुँ भनेर गरेको थिएँ,’उनले भनिन् ।
प्रतिक्रिया