बाध्यता र विवसताको कथामा ‘नौतुनाको रेल’

गीतकार उदय भट्टराईको नयाँ गीत ‘नौतुनाको रेल’ सार्वजनिक भएको छ । गीतमा रेशम निर्दोष र शान्तिश्री परियारको स्वर रहेको गीतमा केशव शर्मा सुवेदीको लय छ ।

हाल अमेरिकामा रहेर नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त चिन्तित नाम मध्य एक नाम हो उदय भट्टराई । उनले यस अगी धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि, किन माया लाउँछ लगाएतका गीतहरुबाट बजारमा लिएर आइसकेका छन् ।

ब्यवसाहिकताको नाममा मौलिकता भुल्न नहुने मान्यता बोक्ने उनले बाध्यता र विवसतामा घर छोडेर परदेश गएका असंख्या नेपालीहरुको कथा प्रस्तुत गरिएको छ । समग्र रुपमा यस गीतको भाव सामाजिक यथार्थपरक रहेको छ ।

गीतलाई लय केशब शर्मा सुबेदीले भरेका हुन् भने शब्द लोकप्रिय शर्जक उदय भट्टराईले भरेका छन् । गीतको भाव अनुसार म्युजिक भिडियोलाई पनि निकै आकर्षक बनाइएको छ । भिडियोमा नम्रता सापकोटा र रेशम निर्दोष फिचर्ड छन् ।

कुमार केसी निर्देशित भिडियोमा अजय रेग्मीको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन छ । भिडियो उदय भट्टराई युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।