नायिकाबाट गायिका बनिन् मनिषा कोइराला

मनीषा कोइराला अभिनेत्रीबाट अव गायिका समेत बनेकी छन् । उनले आफ्नो आवाजमा महामृत्युन्जय मन्त्र सार्वजनिक भएको छ । महाशिवरात्रिको अवसर पारेर मन्त्र भिडियो सहित सार्वजनिक गरिएको हो ।

कोइरालाले यो भजन सांगीतिक समुह ‘सुरसुधा’सँगको सहकार्यमा ल्याएकी हुन् । सुरसुधाका तबलावादक सुरेन्द्र श्रेष्ठले महामृत्युन्जय मन्त्रलाई संगीतबद्ध गरेका छन् । भजनमा अभिनेत्री कोइरालासहित सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलावादक श्रेष्ठको पनि मन्त्रमा स्वर रहेको छ । साढे चार मिनेट लामो भजनमा कोइरालाको स्वरमा मन्त्र पाठ तथा गायन समेटिएको छ । गीतमा उनको आवाज म्याच गरेको छ ।