निश्चल भन्छन्,‘हिन्दी फिल्म कुर्नु लाजमर्दो कुरो हो’
फिल्म ‘लप्पन छप्पन२’को ट्रेलर कार्यक्रममा उपस्थित भएका निर्देशक तथा अभिनेता निश्चल बस्नेतले फिल्म क्षेत्रलाई चलायमान बनाउन आफैले केहि गर्नुपर्ने बताएका छन् ।
फिल्म‘लप्पन छप्पन २’ सफलताको शुभकामना दिन कार्यक्रममा आएका निश्चलले फिल्म चलायमान बनाउन सरकारको मुख ताक्नु भन्दा आफै फिल्मकर्मीले कहि गर्ने बेला आएको बताएका हुन् । लकडाउन पछिको फिल्मको अवस्था हेर्दै उनले अहिले कसै न कसैले जोखिम मोल्ने बेला आएको बताए ।
‘यहाँ कसैले त जोखिम मोल्नै पर्छ । अहिले धेरै मेकरले एउटा हिन्दी फिल्म आओस् अनी वातावरण बनाइदियोस् भनेर सोच्नुभएको छ । हाम्रो क्षेत्र चलायमान बनाउन हिन्दी फिल्मको मुख ताक्नु लाजमर्दो कुरा हो’, उनले भने ‘ यो बिषयमा सबैभन्दा बढी चलचित्र विकास बोर्डले सोच्नुपर्छ । स्टूडियो बनाउने बिषयमा केही समय पर्खिदा पनि हुन्छ । यो क्षेत्र अगाडि बढ्यो भने स्टूडियोमा गएर खिचौंला ।’ निश्चलले नेपाली फिल्म क्षेत्र हेर्ने निकाय चलचित्र विकास बोर्डले संचार मन्त्रालयसँग् समन्वय गरेर फिल्म रिलिजको वातावरण बनाउनु आग्रह गरे ।
प्रतिक्रिया