‘सम्हालिन्छ कहिले मन’को टिम पुग्यो दुवई

फिल्म ‘सम्हालिन्छ कहिले मन’को सुटिङ युनिट दुवई पुगेको छ । दुई वर्ष अगाडि देखि छायांकन थालिएको फिल्मको छायांकन जारी रहेको छ । नेपालका विभिन्न स्थान र बेलायतमा ४५ दिन खिचिएको फिल्मको बाँकी छायांकन सकाउनका लागि निर्माण युनिट दुवई पुगेको हो ।

दुवई पुगेको फिल्म युनिटमा निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठलगायत रहेका छन् । आठ दिनको सेड्युल सहित दुवई उडेको टिमले त्यहाँ फिल्मको एक गीतको छायांकन समेत गर्ने छ ।

फिल्ममा पूजा र आकाशको अलवा सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारको अभिनय रहने छ । फिल्मको कथा महेश दवाडीले तयार पारेका हुन् । त्रिकोणात्मक प्रेमकथा निर्माण भइरहेको फिल्मलाई सौरभ लामाले खिचिरहेका छन् । फिल्म एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको हो ।