भूवनको कुरा, फिल्म क्षेत्रको उदेकलाग्दो पाटो


नेपाली फिल्म भनेर गर्व गर्ने ठाउँ होला के के ? के के छ भनेर भन्ने खै । कतिले बोलेका छन्, कतिले बोलेका छैनन् । बोल्नेहरुको मनमा सुनिन्छ कुरा । अभिनेत्री भूवन चन्द । नेपाली फिल्मकी प्रथम अभिनेत्री हुन् । ५० बर्षदेखि फिल्ममा सक्रिय हुन् उनी । उनको सक्रियताको कदर कसले गर्ने हो खै ।

भूवन चन्दले साइनो फिल्म बनाउँदा राजनीति भयो । उनी भनिरहेकी छिन् अहिले यी कुराहरु । उनले देशको राजनीतिलाई पनि फ्लप खुवाउने रहेछ फिल्मको राजनीतिले पनि भनेको सुनिएको छ । अनी, प्रथम अभिनेत्रीको यो कुरा उदेकलाग्दो हो कि होइन ।

फिल्म क्षेत्रमा लागेर काम गरेका, लामो समय बिताएका कलाकारमाथि त छैन सम्मान । हुन्छ यहाँ राजनीति भने । अरुको लागि के सोच्ने ?

किन हुन्छ यस्तो । किन पुराना कलाकारमाथि छैन सम्मान । मरेपछि मात्र सम्मान गरेर हुने हो र भनेको । बाँचुन्जेल कसले गर्ने । प्रथम अभिनेत्रीको गुनासो, सबैले सुनौ र मनन गरौ ।