‘सानो संसार’पछि अर्को फिल्ममा एकसाथ काम गर्दै विनय र नम्रता

अभिनय विनय श्रेष्ठ र नायिका नम्रता श्रेष्ठले अभिनय गरेको फिल्म ‘सानो संसार’लाई दर्शकले विर्सिएका छैनन् । यो चलचित्रको लोकप्रियता आज पनि उस्तै छ । विनय र नम्रताको करिअरलाई नै नयाँ ढंगले यो चलचित्रले अगाडि बढाएको थियो ।

अब, विनय र नम्रताले नयाँ चलचित्रमा काम गर्ने तयारी गरेका छन् । राजिव गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ र विनय श्रेष्ठले पुन अभिनय गर्ने भएका छन् । अनटाइटल प्रोजेक्टमा नम्रता र विनयले एकसाथ काम गर्न लागेको वुझिएको हो । अहिले लोकेशन हेर्नका लागि फिल्म निर्माण टिम सिक्किम पनि पुगेका छन् ।

सिक्किम पुग्नेमा विनय, राजिव र प्रोडक्शन डिजाइनर अरुण रेग्मी रहेका छन् । निर्माण पक्षका अनुसार फिल्मको ५० प्रतिशत सिक्किममो छायांकन गर्ने छन् । चलचित्र विकास बोर्ड सिक्किमकी अध्यक्ष पूजा शर्मा लगायतलाई विनय र उनको टिमले भेटघाट गरेको हो ।
अभिनेत्री नम्रता श्रेष्ठले फिल्म ‘प्रसाद २’मा काम गरेपछि अन्यमा अभिनय गरेकी छैनन् । विनयले भने ‘रोमियो एन्ड मुना’पछि नयाँ फिल्ममा अभिनय गरेका छैनन् । विनय र नम्रता लामो समयपछि एकसाथ पर्दामा देखिन लागेका हुन् ।