‘फिल्मको काम सुरु भएपछि म भिडियोको काम ठ्याक्कै बन्द गर्छु ’– राजेश

अभिनेता राजेश हमालले फिल्ममा अभिनय गर्न थालेपछि म्युजिक भिडियोलाई क मगर्ने बताएका छन् । उनले जनकपुरमा भएको साहित्यिक मेलाको कार्यक्रम सकेका हमालले फिल्मको काम गर्न थालेपछि म्युजिक भिडियो कम गर्ने बताएका हुन् ।

हमाल ४ बर्षपछि फिल्म ‘सत्यम्’मार्फत फिल्मको पर्दा फर्किदैछन् । लकडाउनपछि हमाले अभिनय गरेका दर्जन भन्दा बढि म्युजिक सार्वजनिक भए । यसमा केहि गीतको म्युजिक भिडियो बाहेक गीत चल्न सकेनन् । उनले राम्रो म्युजिक गीत छान्न नसकेको कारण हमालको अभिनय कमजोर भएको चर्चा सुनिन थालिएको छ ।

हमालले भने ,‘अहिले भिडियोमा काम गरिरहेको छु । यता फिल्मको पनि तयार हुँदैछ । फिल्मको काम सुरु भएपछि म भिडियोको काम ठ्याक्कै बन्द गर्छु ।’