‘ठूलो प्लेटफर्म पाउन नसकेको कारण नेपाली कलाकारपछि परे’ –मनिषा कोइराला

नेपाली कलाकार बलिउडमा संघर्ष गरिरहेका छन् । तर ,सोचे अनुसारको सफलता पाउन सकेका छैनन् । अभिनेत्री मनीषा कोइरालाले यसै विषयमा मुख खोलेकी छन् । उनले हिजो जनकपुर साहित्य महोत्सवको ‘सिनेमाको रङ्ग’ सत्रमा बोल्दै नेपालमा कलाकारको अभाव नरहे बताएकी छन् ।

उनले राम्रो कलाकार भएता पनि ठूलो प्लेटफर्म पाउन नसकेको कारणपछि परेको बताईन् । राज्यले बेवास्था गरेका कारण नेपाली फिल्म क्षेत्रले प्रगति गर्न नसकेको बताएकी छन् । उनले कार्यक्रममा भनिन् ,‘कला, साहित्य, खेललाई सहयोग नगर्ने हो भने समाज खल्लो हुन्छ । विकशित देशहरुले कला, साहित्य, खेललाई निकै सहयोग एवं महत्व दिने गरेका छन् । यी विधाहरुलाई राष्ट्रले महत्व दिनुपर्छ ।’

मनिषाले कलाकारका सन्तानहरुले पनि आफूलाई स्थापित गर्न मिहिनेत गर्ने बताएकी छन् । नाम चलेका कलाकारले स्थापित कलाकार बन्नका लागि मेहनत गर्ने पर्ने बताएकी हुन् । उनले नेपाली कलाकारका छोराछोरीको अभिनयलाई लक्षित गर्दै उनी भन्छिन्, ‘फिल्म क्षेत्रमा स्थापित हुन कडा परिश्रम गर्नुपर्छ । फिल्ममा कतिपय नायक–नायिकाका छोरा–छोरी आएका छन् । उनीहरुले निकै मिहिनेत गरेर ठाउँ पाएका हुन्छन् । नत्र दुई–तीनवटा फिल्ममा राम्रो अभिनय गर्न सकेनन् भने उनीहरु अघि बढ्नै सक्दैनन् ।’