आलियाको ‘गंगुबाई काठियावाडी’ विवादमा
बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’ विवादमा तानिएको छ । यो फिल्मको कथाबस्तुलाई लिएर कमथीपुराका बासिन्दाहरु आन्दोलित भएका छन् ।
फिल्ममा कोठी सञ्चालिका गंगुबाईको कथामा निर्मित फिल्मले आफ्नो क्षेत्रलाई मुम्बईको प्रख्यात रेडलाइट एरियाका रुपमा चित्रण गरेको भन्दै कमथीपुराका बासिन्दा आन्दोलित भएका हुन् । उनीहरुले फिल्ममा देखाइएको दृश्यले आफ्नो क्षेत्रलाई ‘लज्जित’ बनाएको बताएका छन् । जसका कारण यो फिल्म हटाउनु पर्ने दाबी गरेका छन् ।
फिल्ममा ‘आलिया भट्ट’ कोठीवालीको सञ्चालिकाको भुमिका निभाएकी छन् । सञ्जय लीला भन्सालीले निर्देशन गरेको फिल्म ‘गंगुबाई काठियावाडी’ले दुई सय वर्षको इतिहास बोकेको कमथीपुरालाई दुरुपयोग गरेको बताइएको छ । यसबारेमा स्थानियले विज्ञप्ती नै जारी गरेका छन् । उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ यो स्थानलाई मुम्बईको रेडलाइट एरियाको रुपमा देखाउनु आफैंमा लज्जास्पद विषय हो ।’
विज्ञप्तीमा निकै लामो प्रयासपछि स्थानीयले कमथीपुराको बेग्लै पहिचान बनाएको स्मरण गर्दै सञ्जयको फिल्मले त्यो पहिचानमाथि बज्रपात गरेको उल्लेख गरिएको छ । त्यस्तै स्थानीयबासीे फिल्मको रिलिजविरुद्ध चाँडै नै आन्दोलनको तयारी गरिरहेको बताएका छन् । भन्सालीका फिल्म प्राय विवादमा नै आउने गरेका छन् । भन्सालीको यो भन्दा अघिका फिल्म ‘बाजीराव मस्तानी’ र ‘पद्यमावत’ पनि विवादमा आएका थिए ।
प्रतिक्रिया