अभिनेत्री कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी
बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध अदालतले जमानत वारेन्ट जारी गरेको छ ।
भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले कंगनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अन्धेरीको महानगरपालिकाको अदालतले उनीविरुद्ध जमानत वारेन्ट जारी गरेको हो ।
गीतकार जावेद अख्तरले कंगनाविरुद्ध लगाएको मानहानिको मुद्दाका आधारमा अदालतले उनीविरुद्ध वारेन्ट जारी गरेको हो । अदालतले यसअघि अदालतमा हाजिर हुन आदेश दिएको थियो ।
अंधेरी महानगर मजिस्ट्रेटको अदालतले फेब्रुअरीमा मार्च १ तारिखम अदालतमा हाजिर हुने आदेश जारी गरे पनि उनी उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको हो ।
अदालतबाट वयान दर्ता गराउन उपस्थित हुन पत्र पठाउँदा पनि कंगना उपस्थित नभएपछि अदालतले यो कदम उठाएको हो ।
कंगनाको वकिल रिजवान सिद्दीकीले भने अदालतमा कंगनालाई अदालतमा हाजिर हुन आदेश दिनु नै कानुसम्मत नभएको बताएका थिए । निवेदकहरूले दिएको निवेदन प्रक्रियाअनुसारको नभएको भन्दै कंगनाको वकिलले अदालतमा रिट हालेका छन् ।
उता जावे अख्तरका वकिल वृन्दा ग्रोवरले भने कंगनाले प्रक्रियालाई नै चुनौती दिएको आरोप लगाएका छन् । उच्च अदालतले आदेश दिएपछि कंगना अदालतमा हाजिर हुनुपर्ने उनको तर्क छ ।
सुशान्तसिंह राजपुतको निधनपछि कंगनाले एउटा भारतीय टीभीलाई अन्तर्वार्ता दिने क्रममा आफूलाई जावेदले धम्कीको दिएको आरोप लगाएको थियो । जसपश्चात जावेदले कंगनाविरुद्ध मानहानिको मुद्दा दर्ता गराएका हुन् ।
आफूविरुद्ध गलत प्रचारबाजी गरेको र त्यसले आफ्नो इज्जत र प्रतिष्ठामा आँच आएको भन्दै जावेद अख्तरले कंगनाविरुद्ध रिट निवेदन दर्ता गराएका थिए ।
रिट निवेदनमा भनिएको छ, ‘कंगनाले गतवर्ष जुनमा अभिनेता शुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा भएका ‘कोटरी’ भन्दै मविरुद्ध अपमानजनक टिप्पणी गरेकी थिइन् । त्यस्ता मनगणन्ते कुराले मेरो प्रतिष्ठालाई नोक्सान पुर्र्याएको छ ।’ अब मुद्दाको सुनुवाइ २६ मार्चमा हुनेछ ।
प्रतिक्रिया