साउथ फिल्म ‘थिरिमाली’ मा नेपाली तीन कलाकार
दक्षिण भारतीय फिल्म ‘थिरिमाली’ मा नेपाली तीन कलाकार देखिने भएका छन् । अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता- निर्देशन माओत्से गुरुङ र थिएटर आार्टिस्ट उमेश तामाङको अभिनय रहनेछ ।
अनन्या फिल्मस् निर्माण कम्पनीका एक प्रतिनिधिले नेपालबाट यी तीन कलाकार हुने पुष्टि गरेका हुन् ।
अभिनेत्री स्वस्तिमाले पनि फिल्म ‘थिरिमाली’मा अभिनय गर्ने निश्चित भएको छ। उनले गत बिहिबार आफूले फिल्म निर्माण पक्षसँग सम्झौैता गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन्।
साथै अभिनेता गुरुङले पनि यस फिल्ममा देखिन लागेको पक्का भइसकेको बताएका छन् । “निर्माण टिमसँग कुरा भइसकेको छ । म यस फिल्ममा देखिन लागेको खबर पक्का हो ।”
थिरिमाली दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज र नेपालको तर्फबाट अनन्या फिल्म्सद्वारा निर्माण हुनेछ। राजीव सेट्ठीले निर्देशन गर्ने यो फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मालगायत कलाकारको अभिनय छ।
यस फिल्म मलायलमबाहेक हिन्दी र नेपाली भाषामा पनि निर्माण हुँदै छ । नेपालको कपिराइट अधिकार अनन्या फिल्मस्ले लिएको छ । नेपालको काठमाडौं र मुस्ताङमा हुने छायांकनको जिम्मा पनि अनन्या फिल्मस्ले लिएको छ । “१५ मार्चदेखि फ्लोरमा जाने योजना छ । अब हेरौं तोकिएको समयमा जान सकिन्छ कि सकिँदैन,” अनन्या फिल्मले मार्चको मध्यतिरबाट फिल्म छायांकनमा जाने तयारीमा रहेको जनाएको छ ।
अभिनेत्री स्वस्तिमालगायत साउथकी अभिनेत्री पनि हुने तर स्वस्तिमाको पनि महत्त्वपूर्ण भूमिका रहने उनले बताएका छन् ।
अभिनेत्री स्वस्तिमा र थिरिमाली निर्माण पक्षबीच भएका भेटघाटका तस्बिरहरु बाहिरिएका छन्। थिरिमाली निर्देशक राजीवले स्वस्तिमासँग खिचेकाे तस्बिर फेसबुकमा राख्दै लेखेका छन्, ‘नेपालकी सुपरस्टार स्वस्तिमासँग।’
प्रतिक्रिया