हल र निर्माता नमिल्ने, अनी हिन्दी कुर्ने ?


पौष १० गतेबाटै खुलेको हो नेपालमा हल । कोरोनाले गर्दा भएको लकडाउनपछि खुलेको हो हल पौष १० गतेबाट । सरकारले पौष २६ गतेबाट खुलाएको हो हल । यसपछि, हेर्नुभयो कतीवटा नेपाली फिल्म रिलिज भएका छन् । ओहो, कहालीलाग्दो छ । एउटा यस्तो प्रेम कहानी आएको हो हलमा । प्रदर्शकले नै लगाए । ५५ प्रतिशत शेयर दिने पनि भने । फिल्मले ५५ प्रतिशत शेयर त यस्तै उस्तै हो । पोष्टर टासेको पैसा पनि उठाएन ।

यो फिल्मले भरेन दर्शक । हलमा खाली खाली । २ महिनादेखि हल खाली चलेका छन् । नेपाली फिल्म छैनन् । चैत्र २७ गते भन्दा अघि त फिल्म नै नरहेको देखियो । यो झुर अवस्था किन आएको हो भनेर भनौ ।

आशा छ प्रदर्शकलाई अब । आउलान् नी त हिन्दी फिल्म । हिन्दी आएपछि चलाउने हो । हिन्दी फिल्म आएपछि हल भरिन्छ । प्रदर्शक यही सोचमा ।

नेपाली फिल्म बनाउनेको सोच पनि यस्तै हो । हिन्दीले दर्शक त तानोस् न अनी लगाउने हो फिल्म । किन जोखिम मोल्ने हामी अहिले । हिन्दीले मान्छे हलमा भरेपछि लगाउने हो । आउँछन् हाम्रो पनि हेर्न । आशा यस्तै छ भनेर भनौ ।

नेपाली फिल्म चलाएर वातावरण बनाउनुपर्छ भनेर प्रदर्शक, वितरक, निर्माताले सोचेनन् । सबै जना आफ्नै धुनमा ।

हामी आफै डुबेका छौ, नेपाली फिल्मलाई कसले दिन्छ एमजी भनेर सोचे प्रदर्शकले । वितरक पनि यस्तै । हिन्दी ल्याएर चलाउन पाए त कमाइन्थ्यो भन्ने ।

निर्माता पनि एमजी दिए चलाउने हो, नत्र कसले जोखिम मोल्छ भनेर सोचे । यही सोचमा चल्यो २ महिनादेखि नेपाली फिल्मको बजार ।

हल खाली छन् । सानो संसार, कागबेनी, कबड्डी ३ चलेका छन् हलमा । तर, नेपाली फिल्म चलाउन कसैले कम्मर कस्या होइनन् । पहल पनि भएन । हल खाली चलाउने अनी हिन्दी कुर्ने । प्रदर्शक पनि यस्तै । फिल्म बनाउने पनि त्यस्तै । क्यारी मिलेको हो कुरा ।