रणवीरको ‘सर्कस’मा जोडिइन् दीपिका
बलिउड अभिनेता रणवीर सिंह यतीखेर फिल्म ‘सर्कस’को छायांकनमा ब्यस्त रहेका छन् । फिल्म ‘सर्कस’ अभिनेत्री दीपिका पादुकोण पनि जोडिने खबर बाहिरिएको छ ।
रोहित सेट्ठीको निर्देशनमा बनेको फिल्ममा वरुण शर्मा दोहोरो भूमिकामा देखिनेछन् । वरुण सँग अभिनेत्रीद्वय ज्याक्लिन फर्नान्डेज र पूजा हग्डे पनि रहने छन् ।
दीपिकाले शुक्रबार फिल्मको छायांकन सुरु गरेको भारतिय संचारमाध्यमले जनाएका छन् ।
निर्माणपक्षका अनुसार फिल्ममा दीपिकाको एक आईटम नृत्य रहने छ । त्योसँगै दीपिकाको केही संवाद पनि छन् । ‘दीपिकाले बोल्ने संवादले दर्शकमा मज्जाको हाँसो ल्याउनेछ । उनको भूमिका साच्चिकै मसलेदार छ’, निर्माणपक्षले भारतीय मिडियालाई बताएको छ ।
‘सर्कस’ एक कमेडी जनाराको फिल्म हो । यस फिल्म गुल्जारको कमेडी फिल्म ‘अंगुर’बाट प्रभावित छ । फिल्मको पूर्ण छायांकन अबको एक महिनामा सकिने निर्माणपक्षले जानकारी दिएको छ ।
दीपिकाले तीन दिनको सुटिङ सेड्युल बनाएकी छन् । तीन दिनमा नै दीपिकाको नृत्य र केही दृष्यहरू खिचिनेछ ।
फिल्मको पूर्ण छायांकन अबको एक महिनामा सकिने निर्माणपक्षले जानकारी दिएको छ ।
प्रतिक्रिया