प्रकाश ओझा र सिर्जना खत्रीको ‘तेरो बाउ’ सार्वजनिक

गायक प्रकाश ओझा तथा गायिका सिर्जना खत्री( हाउडे माया’ले नयाँ कमेडी गीत सार्वजनिक गरेका छन् । कमेडी शैलीको नयाँ गीत ‘तेरो बाउ’ को म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतमा गायक ओझाकै शब्द तथा संगीत रहेको छ। गीतमा र्याप पनि हानिएको छ। र्याप शब्द गायिका आफैले लेखेकी हुन् ।
गीतको भिडियोमा पाको उमेरमा पुरुषहरु युवतीको जालमा फसेपछि जिन्दगी बर्वाद बनेको देखाउन खोजिएको छ। बसन्त निरौलाले निर्देशन गरेको भिडियोमा गायक ओझा तथा गायिका सिर्जना नै फिचर्ड छन् । साथै रामशरण जंगमले पनि अभिनय गरेका छन् । ओएसआर डिजिटलको निर्माणमा तयार भएको भिडियोलाई दिव्यराज सुवेदीले छायांकन गरेका छन् । सुप्रिम पराजुलीको भिडियो सम्पादन छ।