राजनैतिक चेतना सबैको नैसर्गिक अधिकार हो, यसमा बन्देज लाउने प्रयास नगर्नुहोला – गायक अमृत गुरुङ

गायक अमृत गुरुङले आफुलाई राजनितिक कुरा नगर्न भन्नेलाई झापड हानेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटमार्फत कलाकारले कलाकारिता मात्र गर तर राजनैतिक टिप्पण नगर भन्नेलाई गतिलो सुझाव दिएका छन् । आफुले राजनैतिक विषयमा बोल्न नैसर्गिक अधिकार रहेको भन्दै उनले यसमा बन्देज नलगाउन सुझाव दिएका छन् ।

उनले लेखेका छन्,‘म प्रति ‘सदभाव’ राखि, कलाकारले कलाकारिता मात्र गर् राजनैतिक टिप्पणी नगर् भनि सुझाव दिनेहरुलाई मेरो राय(राजनैतिक चेतना सबैको नैसर्गिक अधिकार हो, यसमा बन्देज लाउने प्रयास नगर्नुहोला। अ रुलाई समसामयिक राजनैतिक चासोबाट निरुत्साहित गर्न खोज्नु अधिनायक वादी सोचलाई समर्थन गर्नु हो।’ उनले बेला बेलामा राजनैतिक टिका टिपणी गर्दै आएका छन् । उनका टिका टिपणीमा राजनैतिक कुरा नगर्न सुझाव आउने गरेको थियो ।