कंगनाको जो बाइडेनमाथीको प्रहार : मानिसहरु पप्पूलाई किन मन पराउँछन्
बलिउड अभिनेत्री हरेक कुरामा चासो राख्दै आइरहेकी छन् । हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपतिको तारिफ गर्दा घर पालुवा जनावरको संज्ञा दिएकी छन् । उनले सामाजिक सञ्जालमा भनेकी छन,‘एक आज्ञाकारी घरपालुवा जनावर पुच्छर हल्लाइरहेको छ ।’
उनले थप लेखेकी छन्,‘मानिसहरु पप्पूलाई किन मन पराउँछन्, यो मैले बुझ्न सकेको छैन’ उनले यतिमै अडिक रहन सकेकी छैनन, उनले भनिन्, ‘हेर्नुहोस्, बाइडेन कसरी चीनका एक आज्ञाकारी घरपालुवा जनावर बनेर उसको अगाडि पुच्छर हल्लाइरहेका छन्, विनम्रता देखाइरहेका छन् । उनी यूनाइटेड स्टेट्सका राष्ट्रपति हुन् वा चीनका कोही राजदूत ? अमेरिकी नागरिक तिमीहरुलाई लाज लाग्नुपर्ने हो किनभने आज चीन दुनियाँको सबैभन्दा ठूलो शक्ति बनेको छ । तिमीहरुले नै उसलाई थालीमा सजाएर त्यो शीर्ष स्थान दिएका हौ जसको उनीहरु भोको थिए । ’
अभिनेत्री कंगनाको पोष्ट एकपछि अर्को लगातार आएको छ। एनले अर्को एउटा पोस्टमा लेखेकी छन्, ‘हामीसँग यहाँ एउटा निकै बलियो नेतृत्व छ । यदि कसैलाई मलाई अमेरिकी राजनीतिमा रुची छ भन्ने लागिरहेको छ भने यस्तो होइन । यसले हामीलाई प्रभावित गर्दैन । मलाई सबैभन्दा मज्जा यो लागिरहेको छ कि संसार उदारवादी नेताले भरिएको छ । मानिसहरु पप्पूलाई किन मन पराउँछन्, यो कुरा मैले बुझ्न सकेको छैन ।’
उनले बलिउडका कलाकारमाथी निशाना बनाउने विभिन्न अभिव्यत्ती दिदै आएकीमा यस पटक अमेरिकीका राष्ट्रपति जो बाइडेनमाथि निशाना प्रहार गरेकी छिन् । उनले बाइडेनलाई ‘पप्पू प्रो’ भनेपछि उनी आलोचनाको सिकार हुन थालेकी छिन् । हालै बाइडेनले चीनका राष्ट्रपति शी जिनपिङको तारिफ पनि गरेका थिए । यसरी तारिफ गरेकोमा कंगनाको चित्त दुखाई रहेको छ। उनले आफ्नो रिस सोसल मिडियामा थुपारेकी छन् ।
Look at this tail wagging, submissive, meek little pet of China, is he president of United States or a China ambassador? Shame on you American today China is world’s biggest power because you gave it that top spot it was lusting for on a platter. https://t.co/ujRz4jUbmL
— Kangana Ranaut (@KanganaTeam) February 18, 2021
प्रतिक्रिया