अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय फिल्ममा डेब्यू गर्दै

नेपाली फिल्मक्षेत्रकि पछिल्लाे पुस्ताकि चर्चित अभिनेत्री तथा माेडल स्वस्तिमा खडकाले दक्षिण भारतिय फिल्ममा डेब्यु गर्ने भएकि छिन । दक्षिण भारण ( साउथ इण्डियन ) फिल्म निर्माण कम्पनि ‘एञ्जल मारीया सिनेमाज’को ब्यानरमा निर्माण हुने एक फिल्ममा स्वस्तिमा हालै आवद्ध भएकी हुन ।

एञ्जल मारीया सिनेमाजसँग नेपाली फिल्म निर्माण कम्पनि अनन्या फिल्मस् ले ‘थिरिमाली’ नामको फिल्म निर्माणमा सहकार्य गरेको छ । अनन्या फिल्मका प्रमुख निर्माता सरोज न्यौपानेले हालै अभिनेत्री स्वस्तिमा साउथ फिल्मको लागी पक्का भएको घुमाउरो पाराले स्विकार गरे । फिल्मकाे प्राप्त एक तश्विरले भारतिय निर्माण टिमसँग एकसाथ देखिएकी स्वस्तिमा उक्त प्रोजेक्टको हिस्सा बनेको कुरामा थप बल पुर्याउँछ ।

यो फिल्ममा भारतिय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्माको साथमा नेपाली कलाकार माओत्से गुरुङसहित केहि थियटर कलाकारहरुको समेत अभिनय रहने बताइएको छ ।

महंगो बजेटमा निर्माण हुने यो फिल्म नेपाली र हिन्दीसँगै दक्षिण भारतका विभिन्न आधा दर्जन बढि भाषामा तयार हुनेछ ।

श्रोतका अनुसार नेपालमा ७० प्रतिशत र भारतमा ३० प्रतिशत छायांकन गरिने फिल्ममा अधिकांश प्राविधिक नेपालका नै आवद्ध हुनेछन् । फिल्म ‘थिरीमाली’लाई राजिव सेट्ठीले निर्देशन गर्दैछन् । फिल्म मार्चपछि फ्लोरमा जानेछ ।

भारतिय निर्माण कम्पनिको वेभसाइट र फिल्मको आइएमडिभी अकाउण्टमा भने नेपाली कलाकारहरुको बारेमा अपडेट भइसकेको छैन । यो फिल्मको ‘मोशन पोस्टर’ समेत निर्माण टिमले यसअघि नै सार्वजनिक गरिसकेको छ । उक्त प्रोजेक्टमा सहकार्य गर्न तयार भएको निर्माता न्यौपानेको अनन्या फिल्मस्ले यसअघि नेपालमा ‘सम्बोधन’ र ‘ग्याङ्गस्टर ब्लूज’ फिल्म निर्माण गरिसकेको छ ।

फिल्म हाेस्टल रिटर्नस मार्फत नेपाली फिल्मक्षेत्रमा प्रबेश गरेकि स्वस्तिमाले त्यसयता लब लब लब , छक्का पन्जा २, छक्का पन्जा ३, हजार जुनिसम्म, घामट सेरे लगायत फिल्महरु प्रदर्शन भइसकेका छन भने चपलि हाइट ३ प्रदर्शन हुन बाकि रहेका छन । त्यसैगरि चिसाे मान्छे छायांकनकाे तयारिमा रहनुका साथै नाटक पल्पसा क्याफेमा समेत आबद्व भएकि छिन ।

तस्बिर: फिल्मी नेपाल