आँचललाई पसिना आएको याद गर्नु भयो कि भएन ?
हुन त हो पनि भनेर भनौ । आफूले गरेको कामले आफैलाई के के हुन्छ । त्यो अरुले याद गरेनन् भने आफै गराइदिनपर्छ । नभए त बर्बाद भो नी । आफ्नो गीत हेर्दा आएको छ पसिना । क्यामेरा यति धेरै सोझिदा पनि याद गरेनन् भने त के गर्ने । संझाउन त पर्यो क्यारे आफैले भनेर भनौ ।
आँचल शर्मा अभिनेत्रीले यसै गरिन् । उनले अभिनय गरेको भिडियो आयो एउटा । वियोगान्त कथामा बनेको भिडियो । भिडियो हेर्दा आँचलको हातभरी पसिना । खै के भयो उनलाई ।
भिडियो हेरिसकेपछि पनि पसिना पुस्दै थिइन् उनी । अनी पसिना पुछेको मिडियाकर्मीले याद गरेनन् भने गाह्रो पर्ला भनेर लाग्यो उनलाई ।
मलाई पसिना आएको छ, गीत हेरेर । तपाइहरुले याद गर्नु भयो कि भएन । नगरेको भए त के भन्नु । तर, मलाई भयो यस्तो भनेर उनले आफै सुनाइन् । याद गरेका थिए सबैले । आँचललाई चिन्ता परेको हुनपर्छ भनेर भनौ । किनकी, उनले याद नगरेको भए त पसिना नै आएको काम लागेन नी झै गरिन् ।
गीत राम्रो थियो, आँचलको काम राम्रो हो । आँचलको भावना वुझेका छन् सबैले । अब, याद भयो है, ए आँचललाई पसिना आएछ ।
प्रतिक्रिया