भ्यालेन्टाइन डेमा अन्जुले गरिन प्रेमीको बयान

गायिका अन्जु पन्तले भ्यालेनटाइन डे को अवसरमा आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । उनले आफ्नो प्रेमी सार्वजनिक गर्दै आफूलाई थिर कोइरालाले चोखो प्रेम दिएको बताएकी छन् । अन्जुले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुलाई थिरले आफूलाई चोखो प्रेम दिएको उल्लेख गरिन् ।
अन्जुले आफुहरु ४ बर्षदेखि नजिक रहको बताएकी छन् । विहे गर्ने बारे अहिे नै निर्णय नभएको र परिवारसँग कुरा गरेर अगाडि बढ्ने सहमती भएको जानकारी दिएकी छन् । अहिले नै बिहे गर्ने भन्ने बारेमा केहि समयपछि थहा दिने बताएकी छन् । अन्जुले आफ्नो प्रेमी थिरको विषयमा बोलेकी छन् । उनले थिरमा इष्र्या, डाहा र छटपटी केही पनि नभएको भन्दै वर्णन गरेकी छन् । चार वर्ष देखि नजिक रहेका थिर कोइराला र गायिका अन्जु पन्त दुवै क्रिश्चियन हुन् ।