भ्यालेन्टाइनमा सिंगल अनमोल
अभिनेता अनमोल केसी फिल्म क्षेत्रमा आएपछि नै हो उनको प्रेमको कुरा चलिरहेको । चल्यो चल्यो प्रेमको कुरा । तर, अनमोलले बोल्ने हैनन् । प्रेममा भएपनि नभएपनि उनले छु भनेर भनेको पाइएन भनेर भनौ ।
अभिनेताको नाम आना शर्मा, सारा सिर्पालीदेखि अहिले आज्ञा करन्जितसँग पनि जोडियो भनेर भनौ । काँधमा टाउको राखेर आज्ञाले अनमोलसँगको प्रेम देखाइन् । तर, अनमोल मै चुप । बोल्ने हैनन् ।
प्रेम दिवस हो आज । प्रेम दिवसको दिनमा पनि उनी सिंगल छु भनिरहेका छन् । म त सिंगल छु, तपाइको के छ भनेर सोधे उल्टै प्रश्न भनेर भनौ ।
अनमोलले प्रेम दिवसका पनि आफू सिंगल छु भन्दा उनका यूवती फ्यान मख्ख होलान् । तर, अनमोल सिंगल नै हुन् त । प्रेमको कुराले असर गर्छ भनेर हो कि के हो ?
अनमोल प्रेममा भएपनि सिंगल, नभएपनि सिंगल । कुरा यस्तै छ उनको । यी ह्यान्डसम हिरोले प्रेम गर्ने समय पाएको होइन भनेर भन्छन् । कुरा पत्याउलान् त उनका फ्यानले ?
प्रतिक्रिया