चर्चामै सिमित भए पल र निराजन


नेपाली फिल्म हो, के हुन्छ के हुँदैन भनेर भन्ने खै । फिल्ममा लिखित संझौता भएर त कलाकार निकालिन्छन्, छाड्छन् । कुरा मौखिकको । के हुने हो र मौखिक भएपछि । उही समाचारमा आयो सकियो । अभिनेता पल शाह र निराजन प्रधानको कुरा गरौ । तिमीसँगै हुने मन छ मा दिवाकर भट्टराई निर्देशकले पल र निराजनको कुरा गरे । दुई जना फिल्ममा खेल्ने भनेर आयो कुरा भनेर भनौ ।

दुबै जनाले फिल्म खेल्ने कुरा गरे । दिवाकरले लिखित संझौता गरेका थिएनन् । फिल्म बन्ने र नबन्ने भयो दोधारमा । दिवाकर फिल्म बनाउन लागे भारत । भारत पुगेर उनले प्राविधिक, अभिनेतालाई फाइनल गरेका रहेछन् ।

पल र निराजनको त चर्चा मात्रै भयो । अभिनेता त अर्कै भए । कुरा सकिएन त अब । यही भएर फिल्ममा कलाकार हुने भन्ने हल्लालाई पत्याउन गाह्रो के । के हुन्छ के हुन्न कसरी भन्ने ?