सरकार र राजनितिक दललाई बर्षाको प्रश्न ‘के गरीबका लागि न्याय त्यति महँगो भइसक्यो ?’

अभिनेत्री बर्षा शिवाकोटीले बलात्कारीलाई सरकार र राजनितिक दलले न्यान दिलाउन नसकेको भन्दै आक्रोश पोखेकी छन् । उनले सामाजिक सञ्जालमा बलात्कृतपछि हत्या गरिएका निर्मला पन्त र भागिरथ भट्टले न्याय नपाएको भन्दै आक्रोश पोखेकी हुन् । उनले अहिले राजनितिक दलले आफ्नो शक्ती देखाउन आन्दोलन गरिरहेको र बलात्कृत भएका चेलीको बारेमा कसैले नबोलेको भन्दै दुखेसो पोखेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन,‘तिम्रो र्यालीमा आएका जति मानिसले मेरा बहिनीहरुको लागि न्याय मागिदिए फेरी अर्की बहिनी बलत्कृत हुन्न थिइन् कि? तिम्रो आन्दोलनको नारा यदी बलात्कार र बलात्कारीको विरूद्धमा लाग्ने गरेको भए, सायद मेरी बहिनीको बलात्कारीले सजाय पाउँथ्यो कि? हामी केका लागि लड्दै छौँ ? हाम्रो माग के हुनपर्ने हो ? नारा के हुनपर्ने हो ? आफै विचार गरौँ।’
उनले गरिव भएकै कारण न्याय महँगो पर्दै गएको पनि उल्लेख गरेकी छन् ।

उनले गरिव भएकै कारण न्याय नपाएको र निर्माता पन्त र भागिरथ जस्ता चेलीले न्याय नपाएको बताएकी छन् । उनले अगाडी लेखेकी छन्,‘
नारीलाई भगवान मानेर पूज्ने मेरो देशमा आज नारी स्वयं सुरक्षित छैनन्। निर्मला र सम्झनाजस्तै भागीरथीले पनि न्याय पाउँदिनन् त ? के यति असक्षम छ हाम्रो न्यायपालिका ? के यति कम्जोर छ हाम्रो राज्य व्यवस्था, एउटा अपराधिको पहिचन गरि, सजाय दिन नसक्ने ? के गरीबका लागि न्याय त्यति महँगो भइसक्यो ?’

सरकारले बलात्कारीलाई उन्मुक्ती दिएकै कारण अपराधिको मनोबाल बढेको बर्षाले फेसबुकमा लेखेकी छन्। उनले थप लेख्छिन्,‘अपराधीको मनोबल झन् बलियो बन्दै छ । पिडित अझै पीँडामै छन्। जनताको सरकार र संविधानबाट भरोसा उठ्ने बेला भइसक्यो । र देश झन् झन् अस्थिरता तर्फ जाँदैछ ।’

बर्षाले आज नेकपाको भृकुटी मण्डपमा हुन लागेको आमसभालाई लक्षित गर्दै अन्तिममा लेखेकी छन्,‘कुर्सीको लडाइँ छोड, सत्यको लागि लड, जनाताको पक्षमा लड ,जीत तिम्रै हुनेछ । न्याय दिन अझ विलम्ब नहोस ।’ बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त र भागिरथ भट्टका अपराधिलाई प्रहरी र सरकारले समाउन सकेको छैन। निर्मलाको बलात्कार पछि हत्या भएको लामो समयसम्म पनि अपराधि प्रहरीले पक्राउ गर्न सकेको छैन।

https://www.facebook.com/barshasiwakotiofficial