रचना र सम्राटले गाएको ‘इस’ गीत हिन्दी भर्सनमा
गायक तथा संगीतकार ‘इस’ बोलको गीत बलिउडको एक म्युुजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्ने भएको छ । यस गीतका गायक, संगीतकार तथा गीतकार सम्राट चौलागाईले आफ्नो गीत हिन्दी भर्सनमा निकाल्न लागेको बताए ।
हिन्दी भर्सनमा निकाल्न लागेको गीतमा सम्राटकै स्वर रहनेछ,भने फिमेल स्वरमा एकिन भएको छैन। बलिउडकै कुनै गायिकाले गाउने कुरा भएको सम्राटले बताए । नेपाली मोडलले नै यस हिन्दी गीतमा अभिनय गर्नेछन् । मोडल केटीमा भने बलिउडकै राखिने निर्माण पक्षले जानकारी दिएको छ।
हिन्दी भर्खनमा आफ्नो गीत निस्कने भएपछि गायक सम्राट खुसी देखिएका छन्। नेपाली भर्सनमा ‘इस’ बोलको गीतलाई सम्राटसंगै रचना रिमालले गाएकी थिइन् । गीतको भिडियोमा अभिनेता पल शाह, गीता ढुङ्गाना, केदार घिमिरे, दिपाश्री निरौला लगायतकलाकारहरुले अभिनय गरेका थिए। गीतको प्रभाव दर्शक माझ नपरे पनि बलिउड म्युजिक कम्पनीले गीतलाई छानेको होे ।
प्रतिक्रिया