स्वेतालाई भारी आफ्नै स्टाटस


अभिनेत्री स्वेता खड्का, बिहे गरिन् मंसिर २२ गते । उनको बिहेको निर्णयमा स्वागत भयो धेरैको । बिहेपछिको कती निर्णय भने उनका लागि घाटा । बिहे भव्य गरिन्, पार्टी महिनौ चल्यो । दर्शकले रुचाउनन् ।

स्वेता खड्काले माझी बस्ती बनाइरहेकी थिइन् । माझी बस्ती निर्माणमा पैसा पुगेन, दाताले दिन्छु भनेर दिएनन् भनेर उनले लेखेकी थिइन् स्टाटस । तर, यो स्टाटस पर्यो उनलाई भारी ।

स्वेताले करोडौ खर्च गरेर बिहे गरेकी हुन् । बिहे, बिहेपछिको तामझाम हेर्दा उनीसँग पैसाको कुनै अभाव देखिएन । तर, आफूले क्रेडिट लिनेगरी उनले बनाइन् माझी बस्ती । समाजसेवी भनेर चिनिएकी हुन् । माझी बस्ती बनाउन पैसा पुगेन भन्ने, बिहेका लागि करोडौ खर्च गर्ने भन्ने जस्ता आए उनलाई गाली । दर्शकले उनलाई यो कुरामा साथ दिएनन् भनेर भनौ ।

स्वेताले स्टाटस लेखेर सहानुभुती बटुल्न खोजेकी हुन् । तर, भएन । उल्टो भैदियो उनका लागि । स्वेताले बिहेको करोडौ खर्चमध्ये केही खर्च माझी बस्तीमा गरेको भए । भूकम्पबाट पीडित बनेकाहरु उहिले घरमा बसिसक्थे कि हैन ?