रंगाशाला निर्माणपछि अभिनयमा फर्कने धुर्मुसको चाहाना

सामाजिक अभियन्तामा लागेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले क्रिकेट रंगशालामा फिल्म ‘सेन्टी भाइरस’ बारेमा बोलको छन्। उनले आफ्नै कारणले यस फिल्म उत्कृष्ट बनाउन नसकेको बताएका छन्।

उनले चलचित्र पत्रकार संघ नेपाल, चितवन शाखाले आयोजना गरेको कार्यक्रममा सेन्टी भाइरस आफैमा सेन्टी हुनुपर्ने अवस्था आएको बताए। निकै हो हल्लाका साथ फिल्म गत वर्ष फागुनमा प्रर्दशनमा आएको थियो । फिल्म समिक्षात्मक हिसावले झुर मानिएको थियो ।

समिक्षात्मक हिसावले कमजोर मानिएको फिल्म कमजोर बनेको धुर्मस्ले स्वीकार गरेका हुन् । उनले भने,‘ फिल्म दर्शकहरुको चाहना अनुरुप उत्कृष्ट बन्न सकेन । यसको लागि म नै दोषी थिएँ । रंगशाला निर्माण अभियानका कारण मैले नै फिल्मलाई धेरै समय दिन सकिनँ । त्यसकारण पनि मेरो फिल्म कमजोर बन्यो ।’

गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका क्रममा १० करोड भन्दा बढी उधारो रहेको बताएका छन्। उनले १० करोड रिण लागेपनि आफूहरु निराश नभएको बताए । रंगशाला निर्माणपछि छिट्टै अभिनयमा फर्कने पनि धुर्मुस्ले जानकारी दिए। ‘बैशाखबाट आम दर्शकका लागि नयाँ खबर दिन लागिएको र नयाँ केहि आउने छ दर्शकलाई भन्न चाहान्छु,’उनले भने ।