‘नारीलाई अपमान होइन सम्मान गर्न सिकौ’ –नीता ढुङ्गाना

बलात्कारपछि हत्याका घटना बढ्दै गएपछि नेपाली अभिनेत्रीहरु पनि बोल्न थालेका छन्। गत बुधवार मात्र बैतडीकी १२ कक्षामा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले नेपाली कलाकारलाई स्तब्ध बनाएको छ । निर्मला पन्तको बलात्कारपछि अर्को बलात्कारपछिको हत्याले देशमा त्रास फैलाएको छ।

इहि घटनालाई लिएर अभिनेत्री नीता ढुंगानाले नारीलाई अपमान नभइ सम्मान गर्न आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमा नारीलाई सम्मान गर्न आग्रह गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘सौन्दर्य शक्ति र शालिनताको अर्को रुप हो नारी, संसारको कुनै रुपसँग पनि तुलना गर्न नसकिने एक विरासतको नाम हो नारी । नारीलाई अपमान होइन सम्मान गर्न सिकौं ।’

उनले थप लेखेकी छन्,‘‘नारीकै कोखबाट जन्मिएर नारीकै हातबाट हुर्किएर नारीकै जवानीलाई रित्याएर तिनै पुरुष बलवान् बन्छन् तर पनि त्यही नारीलाई कमजोर र कम बुद्धि भएको लाचार किन सम्झन्छ ?’ अभिनेत्री अहिले भोजपुरी फिल्म ‘माही’ को छायांकनका लागि भारतको आगरामा रहेकी छन् ।

https://www.facebook.com/neeta.dhungana1/posts/3784294328295986