क्रिकेट प्रतिस्पर्धामा धुर्मुसलाई हराउदै सुन्तलीले जितिन् ५ लाख

हास्य कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को बीचमा क्रिकेट रंगशालामा भएको खेलमा सुन्तलीको टिमले जितेको छ। गृष्मा ब्रोडकास्टिङको आयोजनामा रङ्गशालामा आर्थिक सङ्कलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना गरिएको थियो ।

शो क्रिकेट खेलमा धुर्मुस र सुन्तलीको दुइवटा टिम रहेको थियो। सुन्तलीको समुहले धुर्मुसको समुहलाई पछार्दै ५ लाख हात पारेका छन् ।
नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी सहभागीमा धुर्मुस र सुन्तलीले नेतृत्व गरेका थिए। मैदानमा धुर्मुस ए र बि र सुन्तलीको ए र बि गरी दुई दुई टिममा विभाजन गरिएको थियो ।

खेलमा धुर्मुसको टिममा ज्ञानेन्द्र मल्ल , सुनिल थापा , प्रमोद खरेल स्मिता दाहाल लगायत रहेका थिए । यता सुन्तलीतर्फबाट प्रकाश सपुत , राम कृष्ण ढकाल लगायत रहेको सहभागी थिए । सुन्तलीको टिमले प्राप्त गरेको ५ लाख रुपैयाँ टिमले रङ्गशालालाई हस्तान्तरण गरेका छन् । रंगशाला निर्माणमा आर्थिक जुटाउने हिसावले क्रिकेट खेलाइएको थियो ।