हिमानीद्धारा ‘अनानिक ब्युटी सलोन’ ओपनिङ
‘अनानिक ब्युटी सलोन’ चौथो आउटलेटको ओपनिङ पूर्व युवराज्ञी हिमानी शाहले गरेकी छन् । उनले यसैसाता पुलचोक स्थित लभीम मलमा रिबन काटेर उद्घाटन गरेकी हुन् । २०१३ बाट सुरु गरिएको अनानिक ब्युटी सलोनले निरन्तरता दिइरहेको छ।
पहिलो आउटलेट माल्भिका सुब्बाबाट गरिएको थियो। यसका संस्थापक हुन् सुर्विन राई । उनी भन्छन्,’ मलाई एक पटक हिमानी शाहलाई अनानिकको सेवा दिने र उहाँको हातबाट सुरुवात गर्ने सपना थियो । त्यो सपना यति बेला पुरा भएको छ ।’
यो क्यानडाबाट सुरु हुँदै नेपाल सम्म आइपुगेको हो । हालसम्म ‘अनानिक’ ले चार वटा आउटलेटको ओपनिङ गरी सकेको छ । छिटै पाचौ आउट्लेट पनि खोल्ने तयारी भइरहेको जनाइएको छ ।
प्रतिक्रिया