सगरमाथा आरोही तेन्जिङ शेर्पाबारे फिल्म निर्माण हुने, नेट नेटफ्लिक्सले सहकार्य गर्दै
नेपालकी पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाको बारमो फिल्म निर्माण हुने भएको छ। अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको प्रोडक्सन कम्पनी ‘हाइअर ग्राण्ड प्रोडक्सन’ले नेटफ्लिक्सले तेन्जिङ नोर्गे शेर्पाको बारेमा फिल्म निर्माण गर्ने भएको हो।
यसका लागि नेटफ्लिक्ससँग ओबामाको प्रोडक्सन कम्पनीले सहकार्य गर्ने भएको छ। तेन्जिङको बारेमा फिल्म निर्माण गर्न लागेको नेटफ्लिक्सले जानकारी गराएको हो।
फिल्मको स्क्रिप्ट एड डग्लसको पुस्तक ‘तेन्जिङ, हिरो अफ एभरेस्ट’ मा आधारित निर्माण हुने भनिएको छ भने यस फिल्मको निर्देशन जेनिफर पिडमले गर्दैछन्। सन् १९५३ मे २९ मा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले एकसाथ सगरमाथाको सफल आरोहण गरेका थिए।
प्रतिक्रिया