कमल खत्रीको ‘तिमी छौ र त’मा पल र कविता

गायक कमल खत्री र अश्मिता अधिकारीको आवाजमा नयाँ गीत ‘तिमी छौ र त’ सार्वजनिक भएको छ। यस गीतमा शब्द संगीत पनि कमल खत्री कै रहेको छ । यस गीतको भिडियोमा मोडल पल शाह र कविता रायले अभिनय गरेका छन्।

हरि हुमागाईले निर्देशन गरेको भिडियोलाई चितवनको रमणीय स्थानहरुमा छायांकन गरिएको छ। गीतले सार्वजनिक भएको छोटो समयमा युटुव र टिकटकमा राम्रै दर्शक कमाएको छ । यस गीतको भिडियोलाई गायक कमल खत्रीकै युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो।