‘तपाईले सुनेको सत्य हो, हामी प्रेममा छौं’, थिरले सार्वजनिक गरे तस्वीर

गायिका अञ्जु पन्तका हुनेवाला श्रीमान थीर कोइरालाले आफुहरुले केही दिनमै विवाह गर्ने बताएका छन् ।

गएको एकसाता गायिका अन्जु पन्तको दोस्रोबिहेको खबरले राम्रै चर्चा पायो। गायक तथा संगीतकार मनोराजसँगको सम्बन्दविच्छेदपछि छोरी हुर्काएर एक्लै बस्दै आएकी अन्जुका शुभचिन्तकलाई यो खबरले खुसी दियो । आमाबाबुको सम्बन्ध टुंगिएपछि आमासँग बस्दै आएकी उनकी छोरीले पनि विभिन्न अन्तर्वार्ताका क्रममा आमाले अर्कोबिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अन्जुले पनि समय आएपछि बिहे गर्ने बताउँदै आएकी थिइन्।

तर, उनका हुनेवाला श्रीमानको नाम सहित मिडियामा समाचार आउँदा पनि अन्जु भने मौन देखिन्थिन् । थिरले भने अन्जुसँग प्रेममा रहेको स्वीकार गर्दैबिहेको मनस्थितिमा पुगेको बताउँदै आएका थिए।

अन्जु र थिरले सार्वजनिक रुपमा आफूहरु प्रेममा रहेको स्वीकार गरेका छन्। गीतकारसमेत रहेका थिर कोइरालाले गायिका पन्तसँगका तस्वीर सहित लामो स्टाटस लेखेर आफूहरु प्रेममा रहेको स्वीकार गारेका छन्।

सामाजिक सञ्जाल फेशबुकमा थीर कोइरालाले लेख्दै उनले भने ‘तपाईहरुले मिडियामा सुनेको खवर सत्य हो, हामी केही समयदेखि प्रेममा छौँ र निकट भविश्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ ।’

उनले लेखेका छन्, ‘सबै कुराका लागि समय छ । अहिले विभिन्न सञ्चार माध्ययमहरुमा आइरहेका समाचारको कारणले हाम्रा शुभचिन्तक र हामीलाई माया गर्ने सबैमा जिज्ञासा हुनु स्वभाविकै हो । हामीले तपाईहरुको फोनकल र म्यासेजहरु प्राप्त गरिरहेका छौँ तर सबैलाई जवाफ दिन असमर्थ छौँ।

अब तपाईहरुको खुल्दुली मेटाउने सायद यही नै सही समय होला भन्ने लाग्छ। तपाईले मिडियामा सुनेको खवर सत्य हो । हामी केही समयदेखि एकअर्काको प्रेममा छौँ र निकट भविष्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ । तपाईहरुको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले हामीलाई अझ उत्साह मिलेको छ र भविष्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गर्दछौँ।’

गायिका पन्तले पनि थिर र आफ्नो परिवाका सदस्यबीच बिहेबारे सल्लाह भइरहेको बताएकी छिन्। अन्जुले बिहेपछि आफ्नो जिन्दगीको नयाँ अध्याय सुरु हुने बताइन् ।बिहेको मिति भने दुवै जनाको अनुकुल समय मिलाएर तोक्ने उनीहरुले जानकारी दिएका छन्। ६ वर्ष पहिले नेपाल टेलिभिजनमा पहिलो पटक भेटिएका अन्जु र थिर पछिल्लो एक वर्षयता प्रेममा थिए।

अन्जु पन्तसँगको सम्बन्धिविच्छेदपछि उनका पूर्वपति मनोजराजले भने तत्कालबिहे गरेका थिए। कान्छी श्रीमतीका तर्फबाट एक छोरी समेत जन्माएका मनोजराज परिवारसहित हाल अमेरिकामा बस्दै आएका छन्।