पपस्टार रिहानाको अभिव्यक्तिले भारतमा हंगामा
पपस्टार रिहानाले भारतीय किसानको प्रदर्शनको पक्षमा बोलेपछि भारतमा हंगामा मच्चिएको छ। उनको त्यो एक अभिव्यक्तीको तरंग भारत लगायत विश्वभर फैलिएको छ । उनको किसान पक्षमा उभिएर दिएको अभिव्यक्तीलाई भारतीय विदेश मन्त्रालयले ‘सेलेव्रिटी प्रपोगान्डा’को संज्ञा दिएको छ ।
विदेश मन्त्रालय प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ती नै जारी गरेको छ। विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अन्तराष्ट्रिय सेलेव्रिटीले दिएको अभिव्यक्तिमा कुनै सत्यता नभएको बताएका छन् । विज्ञप्तीमा केही निहित स्वार्थमा चलेका व्यक्ति र समूहले भारतीय संविधान र सरकारविरुद्ध उक्साइरहेको उल्लेख गरिएको छ ।
उनको अभिव्यक्तीलाई मनलयलले इन्डिया टुगेदर र इन्डिया प्रपोगान्डाविरुद्ध ह्यासट्याग भनेको छ। विज्ञप्तीमा किसान प्रदर्शनलाई भारतीय लोकतन्त्र र त्यसको मर्मसँग जोडेर हेर्न उल्लेख गर्दै रिहानाले सीएनएनको एउटा न्यूज ट्वीट गरेपछि भारतीय अभिनेत्री कंगना रनावतले उनलाई मूर्खको संज्ञा दिएकी थिइन् ।
केहि दिन अघि सीएनएनले किसान प्रदर्शनलाई रोक्न भारतले दिल्ली वरपर इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको समाचार छापेको थियो । भारतमा अहिले किसान आन्दोलन चलिरहेको छ भने केहि सेलिब्रेटीले यसको समर्थन गरिरहेका छन्।
प्रतिक्रिया