‘म त मर्छु कि क्या हो’ मार्फत अभिनयमा फर्किदै धुर्मुस सुन्तली

हास्य कलाकारद्धय सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अभिनयमा फर्किने भएका छन् । धुर्मुसले वेब(सिरिज ‘म त मर्छु कि क्या हो’ मार्फत अभिनयमा फर्कने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त सिरिजको फस्टलुक पोस्टर सार्वजनिक गरेका छन् । उनले फस्टलुक्सको पोस्टर सार्वजनिक गर्दै चाँडै आउँदैछ लेखेका छन्। समसामायिक कथावस्तुमा निर्माण हुने सिरिज ‘म त मर्छु की क्या हो को’ पहिलो एपिसोड २ घन्टा लामो हुनेछ।
यसको लेखन एवं निर्देशन धुर्मुस–सुन्तली दुवैले नै गर्ने धुर्मुसले जानकारी दिएका छन् । यस सिरिजमा रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदीप राई लगायतको अभिनय हुनेछ ।

आफुलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँदै हिडेका धुर्मुस सुन्तलीले गत वर्ष फिल्म ‘सेन्टी भाइरस’ निर्माण गरेका थिए। जुन फिल्म समिक्षक हिसावले झुर मानिएको थियो। व्यवसायिक हिसावले भने फिल्म राम्रो बन्यो । हाल चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका धुर्मुस सुन्तली यहि सिरिज मार्फत अभिनय सक्रिय हुने देखिएको छ।