सुष्मा,उत्सव र आरतीबीचको लफडा टुंगियो
अभिनेत्री सुष्मा कार्कीले मंगलबार महानगरिय प्रहरी वृत्त, दरबारमार्गमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै उजुरी दिएकी थिइन् । उनले आफूलाई पत्रकार उत्सव रसाइलीले गाली गलोज र अभिनेत्री स्वेता खड्काकी बहिनी आरती खड्काले कुटपिट गरेको भन्दै महानगरिय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी थिइन् ।
आज प्रहरीले तिनैपक्षलाई कार्यक्रममा बोलाएर छलफल गरेको थियो। उक्त छलफलमा सुष्मा , उत्सव र आरतीले माफी मागेपछि विवाद टुङ्गिएको हो। विवाद सकिएपछि अभिनेत्री सुष्माले ‘मान्छेबाट गल्ती हुन्छ, आफ्नो गल्ती उहाँहरुले स्विकार गरिसक्नुभएको छ। उहाँहरुरले गल्ती स्वीकारगरेपछि मैले उहाँलाई माफी दिएकी छु ।’
आगामी यस्ता घटना नदोर्याउने कुरामा तिनै पक्षबीच सममती जुटेको हो। गत सोमाबार काठमाण्डौको लण्डन पब क्याफेमा सुष्मा कार्कीलाई आरतीले कुटपिट गरेकी थिइन् । उत्सवले आफूमाथि गालीगलौज गरेको आरोप सुष्माले लगाएकी थिइन्।
प्रतिक्रिया