दरबारमार्गमा अभिनेत्री सुस्मा , उत्सव र स्वेताकी बैनीबीच लफडा
हिजो आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै अभिनेत्री सुष्मा कार्कीले प्रहरी कार्यालयमा उजुरी दिइन्। उनले आफुमाथी पत्रकार उत्सव रसाइली ,अभिनेत्री स्वेता खड्काकी बैनी लगायतले गाली गलौज तथा कुटपिट गरेको भन्दै दरबारमार्ग प्रहरीमा उजुरी हालेकी हुन्।
सोमबार राति दरबारमार्गको लन्डन पब क्याफेमा स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइली पुगेका थिए। त्यहाँ पुग्दा पहिला नै अभिनेत्री सुस्मा कार्की रहेकी थिइन। उत्सवका अनुसार भिन्दा भिन्दै बसेर खानेकुरा खाइरहेको बेला आफुलाई सुस्माले यता आइजत भनेर उत्सवलाई बोलाएकी थिइन। सुस्मा आफैले अरुलाई मात्र प्रमोट गर्छस् भन्दै आफुमाथि दुर्व्यवहार गरेको उत्सवले बताएका छन्।
उत्सवले भने ‘ स्वेता दिदीको बेनीको एनिभर्सरी रहेछ। उहाँले मलाई बोलाउनुभयो।
उहाँहरुले बोलाएपछि म त्यहाँ पुगेको थिए। स्वेता दिदी म लगायत त्यहाँ हामी रमाइलो गरिरहेका थियौं। सुस्मा कार्की पनि त्यहाँ आउनुभएको रहेछ। उहाँ आफ्नै तालमा हुनुहुन्थ्यो। सुस्माले अरुलाई मात्र प्रमोट गर्ने भन्दै मलाई कसैले सुन्न नमिल्लने गरि गाली गर्नुभयो। त्यहाँ भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो। ममाथि दुर्व्यवहार भएपछि स्वेताजीहरूले सम्झाउनुभयो । त्यहाँको स्वेताको बैनी आरती जीलाई पनि नराम्रो लागेछ । उहाँले गाली सुन्न नसकेर एक झापड हान्नु भयो ।’
सानो कुरामा सुस्मा आफैले तथानाम गाली गरेको उत्सव बताउँछन्। यता सुस्माले भने उनीहरुले नै गालि गलोज र कुटपिट गरेको आरोप लगाएकी छन्। यस घटनामा प्रहरीले दुवै पक्षलाई सम्झाउने पक्षमा देखिएको छ।
प्रतिक्रिया