अञ्जु पन्त पनि लगन गाँठो कस्दै

सुगम संगीतमा लोकप्रिय गायिका अञ्जु पन्तले बिहे गर्ने तयारीमा जुटेकी छन्। उनले इलामका थिर कोइरालासँग विवाह गर्न लागेकी हुन् । करिव एक वर्षदेखि दुवैजना प्रेम सम्बन्धमा रहेका थिए ।

अहिले दुवैतर्फका परिवारमा बिहेको कुराकानी भएको छ। विहे कहिले गर्ने भन्ने कुरामा भने मिति भने तय गरिएको छैन। यहाँ थिर र अञ्जु दुवैजना क्रिश्चियन धर्ममा आस्था राख्छन् । गायिका अञ्जुको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो। मनोजराज र अञ्जु पन्तको एक छोरी छिन्।