करिश्माको ‘बनबास’मा कबिता र सरोज छानिए
अभिनेत्री करिश्मा मानन्धरले नयाँ फिल्म बनाउने घोषणा गरेकी छन्। उक्त नयाँ फिल्ममा छोरी कविता मानन्धरलाई अभिनेत्रीका रुपमा खेलाउने पक्का गरेकी छन्। करिश्माले आफ्नै होम प्रोडक्शनमा फिल्म ‘बनबास’मा निर्माण गर्ने भएकी हुन्।
उनले फिल्मको नाम सहित सामाजिक सञ्जालमा सेयर गरिसकेकी छन्। यस फिल्मलाई निर्देशन भने सुशिल क्षेत्रीले गर्दैछन् । अभिनेत्री करिश्माका अनुसार फिल्ममा कविता र सरोज खनालको मुख्य भूमिका रहनेछ ।
करिश्माका अनुसार फिल्मलाई सानो बजेटमा निर्माण गरिनेछ। एनलेसानो बजेटमा फिल्म निर्माण गर्न लागेको र अहिलेको अवस्थामा सानो बजेटमा उत्कृष्ट कथा भन्न आवश्यक छ रहेको जानकारी दिएकी छन्। फिल्मको छायांकन भने अर्कोवर्षको पहिलो महिनाबाट हुनेछ।
क्विता पहिलो फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ नचलेपछि फिल्ममा अभिनय नगर्ने मनसायमा बसेकी थिइन। तर , करिश्माले राम्रो फिल्म बनेपछि छ चलिहाल्छ नि भन्ने कुराले कवितालाई फकाएपछि आमाकै फिल्ममा खेल्न राजि भएकी हुन्। करिश्मा आफ्नै फिल्मबाट छोरीलाई डेब्यु गराउने मनसायमा थिइन् ।
तर, अभिनेता शिव श्रेष्ठले छोरा शक्ती , कबितालाई लिएर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ निर्माण गरेपछि करिश्माले नाई भन्नै सकिनन् । तर, यो फिल्म रिलिजको समयमा हल्ला खल्ला कम भएका कारण फिल्म हलमा आएको र गएको नै पत्तो भएन । अभिनेत्री करिश्माले बनाएको पछिल्लो फिल्म ‘फागू’ थियो। जुन फिल्म बक्स अफिसमा असफल भएको थियो ।
प्रतिक्रिया