५ सयमा वर्ष भरि फिल्म हेर्न पाइने ‘सिनेमा घर गोल्ड’ ले दियो यस्तो अफर
पाँच सयमा नै वर्ष भरि फिल्म हेर्न पाइने ‘सिनेमा घर गोल्ड’ नयाँ अफर लागु गरेको छ। यो एपमा ५ सय तिरेर वर्षभरी फिल्म, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्नका लागि इसेवाबाट भुक्तानी गरे १० प्रतिशत क्यासब्याक दिने भएको हो ।
यस ‘सिनेमा घर गोल्ड’ मा उपलब्ध फिल्म वा अन्य भिडियो सामाग्री हेर्नका लागि इसेवाबाट भुक्तानी गर्ने दर्शक या इसेवा प्रयोगकर्ताले १० प्रतिशत क्यासब्याक पाउनेछन्। यसका सञ्चालक खगेन्द्र लामीछाने अहिले दर्शक बढाउने ध्याउन्नमा लागेका छन्।
जसका लागि अभिनेता खगेन्द्र लामिछाने र सागर खरेलको समुहले सुरु गरेको ओटीटी प्लेटफर्म ‘सिनेमा घर गोल्ड’ एपले प्रचार–प्रसारलाई तिव्रता दिइरहेका छन्। एपको प्रचारमा खगेन्द्र आफैं खटिएका छन् ।
यो एप लन्चका बेला एउटै टिकटमा १८ वटासम्म नेपाली फिल्म हेर्न मिल्ने सुविधा उपलब्ध गराएको बताइएको थियो। साथै एपमा फिल्मको पाइरेसी रोक्न कडा सुरक्षा व्यवस्था गरिएको एप सञ्चालकको भनाई छ । अहिले यो एपमार्फत दर्शकले एक दर्जन भन्दा बढि फिल्म छानी छानी हेर्न पाइरहेका छन्। फिल्म ‘डमरुको डन्डिबियो, मंगलम, बबी, ब्लाइन्ड रक्स, रोमियो एन्ड मुना, कोहलपुर एक्सप्रेस, सरौंतो, कागजपत्र’ प्रदर्शन भइरहेका छन्।
प्रतिक्रिया