धमाधम छायांकनमा ‘सिर्जना’, किशोर र सविता प्रेमि प्रेमिकामा देखिदै

अभिनेता किशोर खतिवडा र सविता रेग्मीको मुख्य भुमिका रहेको फिल्ममा ‘सिर्जना’को हाल मकमानपुर जिल्लाको विभिन्न स्थानमा धमाधम छायांकन भैरहेको छ । फिल्मको करिव २५ प्रतिशत छायांकन सकिसकेको छ र फिल्मको माघ १० गते हेटौंडामा शुभमुर्हुत गरिएको थियो ।

फिल्ममा सविताले सिर्जनाको भुमिका निवार्ह गरेकी छन्, भने अभिनेता खतिवडा उनको पतीको भुमिकामा देखिनेछन् । सिर्जनामा विरेन डिसी र पर्खाया बानियाँ, रामचन्द्र अधिकारी, रमेश अधिकारी लगायतका कलाकारहरुले अभिनय गर्दैछन् ।

सामाजिक कथाबस्तुमा निर्माण भइरहेको फिल्मलाई बाबु थिङले निर्देशन गरिरहेका छन् । सन्ध्या शाहको लगानी रहेको फिल्ममा क्रियसन स्टुडियो प्रालिको व्यानरमा निर्माण भइरहेको छ । फिल्ममा बिकास चौधरीको संगीतको, सुनिल सिंहको छायांकन, राजु किराँतीको द्वन्द्व निर्देशन रहनेछ । फिल्म अर्को साल प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ।