वर्षालाई प्रेम नफाप्ने नै हो ?


फिल्म र प्रेम उस्तै हुन् भन्न पर्यो नी अब । फिल्ममा पनि आउन सजिलो टिक्न गाह्रो । प्रेम पनि गर्न सजिलो टिकाउन गाह्रो हो भनेर भनौ ।

वर्षा सिवाकोटीको कुरा गर्ने हो आज । वर्षा सिवाकोटीको प्रेम टुट्यो भनेर भनौ । अमेरिकामा थिए प्रेमी सविनजंग थापा । सविनसँग वर्षाको प्रेम १७ महिना भयो । दशैंको टिका लगाएर पुगेकी हुन् प्रेमी भेट्न अमेरिका ।

सविनसँग एक महिना अमेरिकामा बिताएर आइन् नेपाल । यसपछि के भयो भनेर भनौ । खटपट सुरु भएछ क्यारे । वर्षा र सविनको प्रेम टुट्यो । सविनले चित्त दुखाउँदै लेखे स्टाटस । वर्षाले धोका दिएको पनि भने । के के भने भने ।
वर्षाको कुरा आएको छैन । किन टाढा भइन् सविनसँग वर्षा भनेर आएको छैन कुरा । कुरा आउला नी त ।

तर, वर्षा र सविनको प्रेम अब रहेन । वर्षाको प्रेम सविनसँग मात्र होइन निराजन प्रधानसँग पनि टुटेको हो । नाई नभन्नु ल २ मा आएकी थिइन् उनी । निराजनसँग पनि टिकेन । निर्देशक मिलन चाम्ससँग पनि कुरा थियो । विग्रियो क्यारे अहिले । वर्षालाई प्रेम नफाप्ने नै रहेछ भनेर भनौ ।