सविन र वर्षाबीचको २ वर्षको प्रेम छुट्यो ( स्टाटस सहित )

एक फिल्मको सुटिङको लागि एक महिना अघि अमेरिका पुगेकी वर्षा सिवाकोटीको प्रेममा परेको चर्चा चल्यो। अभिनेत्री वर्षा सिवाकोटी र सविन जंग बस्नेतको प्रेम मौलाएको भन्दै गसिपका पात्रहरु बने। बेला बेलामा स्टाटस पनि वर्षाले प्रेमिल लेख्दै आइरहेकी थिइन्। करिव २ वर्षदेखिको वर्षा र सबिनको प्रेम ब्रेकअप भएको छ । वर्षाका प्रेमी भनिएका अमेरिकाको टेक्सासमा बस्दै आएका सविनले स्ट्याटसमार्फत वर्षाले आफूलाई धोका दिएको भन्दै लामो स्टाटस लेखेका छन्।

इन्स्टामा उनले वर्षासँगका तस्बिर सेयर गर्दै आफुलाई अप्ठेरो समयमा वर्षाले साथ नदिएको भन्दै गुनासो पोखेका छन् ।
वर्षासँगको प्रेमका बारेमा सविनले इन्स्टामा लेखेका छन्, ‘ म ट्रमाटाइज्ड महसुस गरिरहेको छु । म फेरि विश्वास गर्न सक्दिनँ । मैले एक व्यक्तिमा सारा प्रयास र शक्ति खर्च गरेँ तर त्यो मेरै अगाडि फ्याँकियो । गल्ती मैले पनि गरेँ हुँला तिम्ले पनि ग¥यौ होला तर मेरो प्रेम निर्दोष थियो तर तिम्रो इगो र एटिच्युडले त्यो मारियो ।’

उनले वर्षाको एटिच्यटका कारण प्रेमको हत्या भएको र अहिले आफुलाई हर कुरामा डर लागिरहेको भनेका छन्। ‘मलाई अगाडि बढ्न डर लागेको छ । सास फेर्न डर लागेको छ,उनले लेखेका छन्। उनले गप लेखेका छन्,‘हरेक कुराको लिमिट हुन्छ तर मैले आफ्नो एन्जाइटी नियन्त्रण गर्न सकेको छैन । म जस्तो जेन्युइन सोच राख्ने मान्छेलाई दुखाए , अपमान गरे त्यो पनि त्यसले जसको मैले कल्पना पनि गरेको छैन । तिमीले जीवनभरका लागि प्रेमलाई हेर्ने मेरो दृष्टिकोण भताभुंग पार्यौ ।’

गत दर्सैमा सविनलाई भेट्न अमेरिका पुगेकी वर्षाले प्रेमका बारेमा कुरा लुकाउँदै आएकी थिइन । तर सामजिक सञ्जाल मार्फत बेला बेलामा भने प्रेमका भावहरु पोखिरहेकी हुन्थिन्। वर्षा नेपाल फर्किएपछि वर्षाले चाँडै नै विवाह बन्धनमा बाँधिने बताउँदै आएकी थिइन् ।