रणवीरको पारिश्रमिक बढ्यो, ‘सर्कस’बाट लिए ५० करोड

बलिउडका अभिनेतामा दर्शकले अत्यधिक रुचाइएका अभिनेता हुन् रणवीर सिंह । उनले अभिनय गरेको फिल्मको खुलेरै प्रशंसा हुने गरेको छ । उनै अभिनेता रणवीर अहिले फिल्म ‘सर्कस’को छायांकनमा व्यस्त रहेका छन् ।

फिल्मलाई रोहित सेट्टीले निर्देशन गरिरहेका छन् । यसैफिल्मबाट अभिनेता रणवीरले यो फिल्मका लागि ५० करोड पारिश्रमिक लिएको चर्चा चलेको छ। फिल्म ‘सिम्बा’पछि दोश्रो सहकार्य गरेका रोहित र रणवीरले दोस्रो फिल्मबाट पारिश्रमकि बढाएका हुन्। अभिनेता सिंहले यो फिल्मका लागि आफ्नो पारिश्रमिक बढाएको भारतीय मिडियाले चर्चा गरेका छन् ।

आफ्ना अघिल्ला चलचित्रहरु बक्स अफिसमा सफल भएपछि रणवीरले पारिश्रमिक बढाएका हुन् । यो चलचित्रका लागि रणवीरले ७५ दिनको समय दिनेछन् । यसरीहेर्दा, उनले दैनिक ६६ लाख रुपैयाँ यो चलचित्रबाट वुझेका छन् ।

फिल्म ‘सर्कस’ को सेट लामो समय लगाएर निर्माण गरिएको छ। अहिले यसैको छायांकन भैरहेको छ । फिल्ममा रणवीरलाई दोहोरो भूमिकामा हेर्न पाइनेछ । फिल्ममा रणवीरका अलवा फिल्ममा अभिनेत्रीद्धय ज्याकलिन फर्नान्डेज र पूजा हेग्डेले अभिनय गर्दैछन्।