‘चिसो मान्छे’का लागि बाजुरेली भाषा सिक्दै स्वस्तिमा

अभिनेत्री स्वस्तिमा खड्का फिल्म ‘चिसो मान्छे’को लागि भाषा सिकिरहेकी छन्। उनले फिल्ममा प्रयोग हुने नेपालको पश्चिम भेगको बाजुराका भाषाको शब्दहरु घोकिरहेकी छन्। उनले यसै फिल्मबाट १८ लाख पारिश्रमिक लिएकी छन्। जसको चर्चा अहिलेसम्म फिल्मी बजारमा गुन्जिरहेको छ।
दिपेन्द्र के खनालले निर्माण गर्ने यस फिल्ममा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहनेछ । फिल्मले बैदेशिक रोजगारमा पुगेर ज्यान गुमाउने नेपालीको कथा प्रस्तुत गर्ने छ ।
आमा फिल्मकी निमात्री शर्मिला पाण्डेको निर्माणमा तयार हुने यस फिल्मको छायांकन आगामी फागुनको दोश्रो साताबाट सुरु गर्ने निर्माण पक्षको तयारी छ। फिल्म अर्को साल तिजको अवसरमा प्रदर्शन गर्ने निर्माणपक्षले जनाएको छ।