अर्को वर्ष फिल्म रिलिजको चाङ नै चाङ
कोरोना त्रास र लकडाउनका कारण करिब १० महिना ठप्प रहेको फिल्म प्रदर्शन धमाधम हुन थालेका छन्। हलवालाहरुको एकोहोरो ढिपीका कारण गत पौष १० गतेबाट धेरै भरका फिल्म हल सञ्चालनमा आएका थिए। हल संचालनमा आएपनि हलवालाले नयाँ फिल्म पाएनन् बरु पुरानै फिल्म प्रदर्शन गरे।
उनीहरुले अझै केहि महिना नयाँ फिल्म प्रदर्शनका लागि कुर्नुपर्ने देखिन्छ । केहि फिल्महरुले नयाँ प्रदर्शन मिति तय गरिरहेका छन्। आगामी महिना अर्थात फागुनको अन्तिमसाता फिल्म ‘लप्पन छप्पन २’ को तयारी गरेको थियो । तर ,फिल्म चैत २७ गते मात्रै प्रदर्शन गर्ने भएको छ। चैत्र २७ गते अर्को फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ भने यही मितिमा फिल्म ‘कृष्ण लिला’ पनि रिलिज हुने चर्चा छ । तर, फिल्म कुन कुन चल्ने फिक्स भएको छैन। फिल्मको प्रदर्शन मिति तोकिए पनि फिल्मकर्मीले फिल्म नसार्लान भन्ने केहि टुङ्गो छैन।
फिल्म हल खुलेको ३ महिनासम्म फिल्म नपाएर सुनसान बनेका हलहरु नयाँ वर्षमा फिल्म चलाउन भ्याइ नभ्याइ नहुने अवस्था देखिन्छ। ीकनभने नयाँ बर्षको छेको पारेर ठुला लगानीमा बनेका फिल्महरु प्रदर्शन गर्ने चहलपहल बढेको छ भने प्रदर्शन मिति पनि तोक्न थालिएको छ । अहिले अभिनेता तथा निर्माता शिव श्रेष्ठको फिल्म ‘एउटा यस्तो प्रेम कहानी ’लगाएर बसेका छन् भने अर्को बलिउड फिल्म ‘मास्टर’ छ।
फिल्म जुधाउने होडबाजीमा लागेमा निर्माता र प्रदर्शक कसलाई कति फाइदा होला र ?
प्रतिक्रिया