पुष्पलाई तनाव
तनाव पनि के के को लिने हो भनेर भनौ । कोही कलाकार फिल्म नपाएर हैरान छन् । कोहीलाई आफ्नै फिल्म आफैसँग जुध्न लागेकाले तनाव भएको भनेर भनौ । अभिनेता पुष्प खड्काले फिल्म कृष्ण लीलाको काम सकाएका थिए । उनी, कृष्ण लीलाको काम सकेर पनि फिल्म तिम्रो मेरो साथमा काम गरिरहेका छन् ।
पुष्पको अर्को फिल्म पनि छ मनसँग मन । यो फिल्म चैत्र २७ गते आउने फाइनल । गीत रिलिजको बेलामा भनिएको हो यो प्रदर्शनको दिन ।
अब, कुरा आयो अर्को । के आयो भन्दा पुष्पको कृष्ण लीला पनि चैत्रको २७ गते नै रिलिज गर्ने तयारी गरिएको हो ।
गीत आउन लागेको छ फिल्मको । गीत रिलिज गरेर फिल्मको प्रदर्शन मिति पनि तोकिने छ । चैत्र २७ मै निर्माताको आँखा लाग्यो ।
नयाँ बर्षमा २ वटा फिल्म आउनु त ठूलो कुरा होइन भनेर भनौ । तर, पुष्पकै फिल्म एकै दिनमा । पुष्पलाई भन्दा तनाव अरु कसैलाई होला र । यो बिषयमा सोच्ने हो कि । पुष्पकै लागि भएनी ।
प्रतिक्रिया