कुमारको महाभूकम्पको यथार्थ समेटिएको फोटो पुस्तक सार्वजनिक
नेपालमा भएका विनाशकारी भुकम्पका तस्विर सहितको किताव सार्वजनिक भएको छ। २०७२ साल वैशाख १२ गते र २९ गते नेपालमा गएको विनाशकारी महाभूकम्पको यथार्थ समेटिएको पुस्तक अमेरिकामा सार्वजनिक गरिएको हो । पत्रकार कुमार श्रेष्ठले फोटो पुस्तकलाई भुकम्पका तस्विर राखेर पुस्तक तयार पारेका थिए। कुमारको फोटो बुकको नाम ‘४२५’ राखिएको छ।
उनीद्वारा खिचिएका महाभूकम्पको फोटो पुस्तक आइतबार अमेरिकास्थित नेपाली राजदूतावासमा सार्वजनिक भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की र अमेरिका नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले संयुक्त रुपमा पुस्तकको सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै राजदूत कार्कीले श्रेष्ठद्वारा कैद गरिएको फोटोकथा हेरेपछि आफूलाई २०७२ साल बैशाख १२ को महाभूकम्पको दर्दनाक स्मरण भएको बताए । उनले भने, ‘यो पुस्तक हेरेपछि मलाई त्यो समयको दर्दनाक स्थितिको स्मरण भयो । यसलाई पुस्तकको रुपमा देख्न पाउँदा म त्यतिबेला ज्यान गुमाउने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु,’ राजदूत कार्कीले भने,‘यो पुस्तकलाई नेपाली समाजसम्म पुर्याउन सकियोस् । भूकम्पले पुर्याउने मानविय क्षती र त्यसको प्रभावको विषयमा विश्वमा नै यो पुस्तकले नयाँ सन्देश दिनेछ ।’
त्यस्तै फोटो पत्रकार कुमार श्रेष्ठले आफूले यो पुस्तकमा नेपालमा २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५७ मिनेटको समयदेखि उद्दारसम्मका २ सय तस्विर सामेल गरेको बताएका छन् । उनले आफुले तयार पारेको फोटो पुस्तकले भुकम्पको कथा ईतिहासको जिवित राख्ने बताए । उनले भने ,‘नेपालमा गएका भूकम्पहरु मध्ये १९९० को भूकम्पका कथाहरु हामीले सुनका छौँ । तर, जिवित तस्विरको रुपमा हामीसँग त्यो समयको पुस्तक छैन । हामीले यसलाई कथा र किम्बदन्तीको रुपमा मात्रै होइन जिवित बनाउने प्रयास स्वरुप पुस्तकको रुपमा ल्याएका हौँ । ’ यो पुस्तकले आगामी दिनमा आम मानिस जनधनको सुरक्षा गर्न सचेत हुनेछन् । पुस्तकमा २ सयवटा तस्विर रहनेछन् ।
प्रतिक्रिया